काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विदेश गएका युवालाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढेको उल्लेख गरे । विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित सरकारले काम गरिरहेको उनको भनाइ छ ।
सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको उनले बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजान सके मात्र युवालाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए ।