स्वतन्त्र पार्टीका सभापति लामिछानले सहकारीको पैसा हिनामिना गरेको उजुरी

17k Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको छ।सहकारी ठगी प्रकरणमा जिबी राई र लामिछाने सहभागी भएको भन्दै पीडितहरुले उजुरी दिएका हुन्।

राई र लामिछानेले गोरखामिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभीमा सहकारीको पैसा लगानी गरेका थिए। उनीहरुले तीनवटा सहकारीमा सर्वसाधरणले जम्मा गरेको ५२ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगोको छ।

उनीहरुले बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएर तिरेका छैनन्।

सम्बन्धित समाचार