राष्ट्रिय सभा निर्वाचन: मंगलबारदेखि आचारसंहिता लागु

19.9k Shares

काठमाडौं– माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागु हुने भएको छ।

मंगलबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागु गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बनिधत निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ। 

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्तिलगायतलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ।

सम्बन्धित समाचार