सवा २ लाख जना शिक्षकलाई जागिर दिएर बिहारले बनायो रेकर्ड

18.3k Shares

काठमाडौं । बिहारको लोक सेवा आयोग ९बीपीएससी०ले सवा २ लाख जना शिक्षकलाई नियुक्ति दिएर रेकर्ड बनाएको छ । शनिबार पटनाको गान्धी मैदानमा नियुक्ति पत्र वितरण समारोहको आयोजना गरिएको थियो ।बिहारका मुख्यमन्त्री नीतिश कुमारले गान्धी मैदानमा २६ हजार ९३५ जना समेत गरेर राज्यभरमा एक साथ ९६ हजार ८२३ जना नवनियुक्त शिक्षकलाई नियुक्ति पत्र दिएका थिए ।

शनिबार बीपीएससीको परीक्षा उत्तिर्ण भएकाहरुमध्ये २६ हजार ९३५ जनालाई नीतिश कुमार आफैँले नियुक्ति पत्र दिएका थिए ।अन्य ८५ हजार जनालाई भने अन्य मन्त्रीहरुले नियुक्ति पत्र दिएका थिए । सन् २०२३ को नोभेम्बरदेखि सन् २०२४ को जनवरीको बिचमा सवा २ लाख शिक्षकहरुलाई नियुक्ति पत्र दिने बिहार भारतको पहिलो राज्य बनेको छ ।

सम्बन्धित समाचार