नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसहमत

17k Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसहमत भएका छन्। टिकापुरमा जारी पार्टीको महाधिवेशनमा निर्धारित समयमा रेशमको मात्रै उम्मेदवार परेको हो।अहिलेसम्म पार्टीको संरक्षकमा रुपमा रहेका चौधरी टिकापुर घटनामा दोषी ठहर गरेपछि जेलमा थिए । सरकारले सजाय छुट दिएपछि उनी खुला राजनीतिमा आएका हुन्।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । महासचिव सहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले निर्वाचनकाे सम्भावना बढेकाे छ ।अध्यक्षको भूमिका रहेकी श्रीमती रञ्जिता श्रेष्ठले यसपटक उम्मेदवारी दिइनन्।त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत भएका छन्।

सम्बन्धित समाचार