कोरोना भाइरसविरुद्धको औषधी आयो

17k Shares

एजेन्सी, ३ जेठ । कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा आएको छ । भारतले विकास गरेको औषधी सोमबार सार्वजनिक गरी त्यहाँ प्रयोगमा ल्याइएको हो ।

टु-डीजी नाम दिइएको कोभिड १९ को औषधी भारतको ड्रग कन्ट्रोलर जनरलले यसअघि उक्त औषधीको आकस्मिक प्रयोगको अनुमति दिएको थियो । आज भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले औषधी सार्वज्निक गरेका हुन् ।

टु-डिजी औषधी नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन र एलाइड साइन्सेसले हैदराबादस्थित डा. रेडिज लेबोरोटोरिजसँगको साझेदारीमा औषधी विकास गरेका हो ।

औषधीको क्लिनिकल ट्रायलबाट यसको अणुले कोभिड १९ का विरामीलाई छिटो ठिक गर्न मद्दत गरेको देखाएको थियो । यसबाट अक्सिजनको भर पर्नुपर्ने वाध्यतालाई घटाएको भारत सरकारको विज्ञप्ति उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

सम्बन्धित समाचार