पुनर्स्थापना केन्द्रमा मृत्यु

16.8k Shares

चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुरमा रहेको लाइफ केयर पुनर्स्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको हो ।मृतकको शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनर्स्थापना केन्द्रमा ल्याएका थिए । रासस

सम्बन्धित समाचार