पर्सामा तीन जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान

14.9k Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ। कार्यालयले पहिलो पटक तीन जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र जारी गरिएको जानकारी दिएको छ।

आइतबार पर्साको पर्सा बीरगंज महानगरपालिका –२३ घर भई हाल अष्ट्रेलिया बस्ने किरण प्रधान, बीरगञ्ज महानगरपालिका–११ घर भई हाल अष्ट्रेलिया बस्ने शमीम अनवर र बीरगंज महानगरपालिका वडा नं ९ घर भई हाल अमेरिका बस्ने सुमन कानू गरी ३ जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।

हालसम्म तीन वटा निबेदन गैरआवासीय नेपाली नागरिकताको लागि परेकोमा तीनैजनालाई नागरिकता प्रदान गरिएको उनले बताए।तीनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गैरआवासीय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन्।

 

सम्बन्धित समाचार