17.3k
Shares
काठमाडौं– ललितपुर प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ। गृह मन्त्रालयले उनलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाएको हो।
सहसचिव श्रेष्ठ गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए। बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएसँग रिक्त रहेको थियो।