नौबस्ता बालबन्दीलाई जाडो लुगावापत नगद वितरण

16.6k Shares

काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको टिकट यात्रुले घरबाटै काट्न मिल्ने सुविधा ल्याएको छ। कम्पनीले डिजिटल सेवा सञ्चालन गदैै अनलाइनबाट टिकट काट्ने मिल्ने व्यवस्था मिलाएको हो।प्रविधिको तिब्र प्रयोगलाई आत्मसात् गर्दै यातायातको क्षेत्रमा प्रविधिको प्रयोग गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए। ‘यात्रुलाई सहज र स्तरीय सेवा दिन पूर्ण अटोमेशनमा गएका छौं’, उनले भने।बससेवासँगको सहकार्यमा बुधबारदेखि अनलाइन टिकटको शुभारम्भ गरेको हो। यात्रुले पृथ्वी बस डटकम डट एनपी, पृथ्वी बस सञ्चालक कम्पनीको मोबाइल एप्लिकेशन, बससेवा डटकम र बससेवाको मोबाइल एप्लिकेशनमार्फत टिकट काट्न सक्नेछन्।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले देशका ४१० बढी रुटमा सेवा दिन्छ। नेपालका प्रमुख ३० बढी सहरबाट १ हजार ३५० बसमार्फत सेवा दिइरहेको अध्यक्ष केसीले जानकारी दिए।अनलाइनमार्फत टिकट काटेका यात्रुले इसेवासँगै मोबाइल बैकिङमार्फत शुल्क तिर्न सक्ने बस सेवाका प्रमुख पिआर खनालले बताए। दैनिक ८ हजार यात्रुले अनलाइनमार्फत टिकट काट्न सक्ने उनको भनाइ छ।

खनालले भने, ‘यो सेवाबाट आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउनेछन् र उहाँहरुलाई सहजता हुनेछ।’ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले टिकट मात्रै नभएर कार्यालयको सेवा पनि पूर्ण रुपमा कम्प्युटराइज प्रणालीमा रुपान्तर गरेको छ। कार्यालय सञ्चालन, चलानी, अभिलेख जस्ता काम सफ्टवेयरमार्फत नियन्त्रण हुने जनाइएको छ।

सम्बन्धित समाचार