जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गर्ने

17k Shares

काठमाडौं– काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। 

बलात्कार मुद्दामा अदालतले शुक्रबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।

सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दीपका एक कानुन व्यवसायीले भने।

कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन।

जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटीपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दीपका कानुन व्यवसायीले बताए।

सम्बन्धित समाचार