रुपेस स्वर्णकारको हत्यारालाई प्रहरीले गोली हानी नियन्त्रणमा लियो

17k Shares

काठमाडौं– बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरीले जनाएको छ। 

मंगलबार राति आठ बजेतिर बाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा खुट्टामा गोली हानेको हो। 

सिंहको दुवै खुट्टामा गोली लागेको छ। उनको कलैया अस्पतालमा उपचार भइरहेको छ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ।

पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ। गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो। 

सम्बन्धित समाचार