अक्सिजन अभावका कारण कोरोना संक्रमितको मृत्यु ह्वात्तै बढ्यो

19.2k Shares

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले नेपालमा पछिल्लो समय मृत्यु हुनेको संख्या ह्वात्तै बढेर गएको छ । प्रायः कोरोना संक्रमित विरामीको मृत्यु अक्सिजन अभावकै कारण भएको खुल्न आएको छ । 
अक्सिजन अभावका कारण आईसीयु र भेन्टिलेटरमा उपचार गराई रहेका कोरोना भाइरस संक्रमित विरामीहरुको अक्सिनको कमीका कारण मृत्यु भएको मेघा हस्पिटलका अध्यक्ष किशोरजंग राणाले बताए । कोरोना भाइरस संक्रमित विरामीको लागि भनेर बनाइएको ५० वेडको क्षमता अक्सिजनकै अभावका कारण घटाएर ३० मा झार्नुपरेको र अक्सिजन नै नभएका कारण केही दिन अगाडि दुई जना विरामीको मृत्यु भएको राणा बताउँछन् । 
अक्सिजन अभावका कारण विरामीहरु भकाभक मृत्यु भइरहँदा मानवीय संवेदनालाई समेत वेवास्ता गर्दै अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ । 
विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ ।
सिलिन्डरको अभाव बढेपछि कालोबजारी गर्नेहरुले ३० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्ममा कालोबजारी गर्न थालेका छन् ।
यसैगरी, अक्सिजनका लागि उत्पादन कम्पनीमै पुगेर उपभोक्ता अक्सिजन भर्न थालेका छन् । त्यसका लागि उनीहरुले माथिल्लो निकायसम्म भनसुन गर्न पर्ने अवस्था बढेर गएको छ ।

सम्बन्धित समाचार