काठमाडौँ । प्रहरीले बाराको विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका–३ बजनीबाट प्र।२–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका कलैया उपमहानगरपालिका–१ बस्ने जयशंकर प्रसाद यादव र मनीषकुमार साहलाई ८ सय ९९ पिस लागुओषध फेनारगन, डाइजेपामसहित पक्राउ गरेको हो।
निजगढ नगरपालिका–९ सहिद चोकस्थित बजारबाट १८० ट्याबलेट लागुओषधसहित निजगढ नगरपालिका–८ बुद्ध चोक बस्ने विवेक मोक्तान र जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ने सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।लागुऔषधसहित पक्राउ परेका चारै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।