नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले अदालतमा बुझाए १५ लाखको बैंक ग्यारेन्टी

18k Shares

काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन् ।उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा रिजालले १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका हुन् ।उनले धरौटी रकम बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल छुटेका छैनन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।
तर धरौटी बुझाउने रकम नहुँदा रिजाल आदेश जारी भएको २३ औं दिनसम्म पनि रिहा हुन सकेका थिएनन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रिजालले जिल्ला अदालतमा आज मात्रै बुझाएका हुन् ।जिल्ला अदालतबाट विभागमा वयान दिन गए पनि आज कार्यालय बन्द भएकाले रिजाल रिहा हुन भएनन् । रिजाललाई अब पुस ११ गते विभागमा वयानका लागि उपस्थित गराइने छ । रिजालको अब विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनेछ ।

सम्बन्धित समाचार