17.7k
Shares
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रा गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–२ थापाठानाका ५० वर्षीय राजकुमार थापालाई रहेका छन् ।
प्रहरीका अनुसार उनले सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रकिया नपुर्याएर गैरकानूनी तवरले पीडितलाई 'ए' र 'बी' वर्गको सवारी चालक अनुमति पत्र बनाइदिने आश्वासन दिएर ठगी गरेका थिए । नक्कली सवारी चालक अनुमति पत्रको प्रतिलिपि दिएर पीडितबाट पटकपटक रकम मागेर उनी सम्पर्कविहीन भएका थिए ।
उनलई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।