विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु

17k Shares

काठमाडौं–   देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा।१ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर बुधबार राति दुर्घटना हुदाँ ट्याक्टरमा सवार सोही नगरपालिका(१० नाउला बस्ने ४६ वर्षीय लोक बहादुर शाही समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ९ जनाको नगर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तयसैगरी, बाराको निजगढ नगरपालिका(९ सिंगौल गेटस्थित सडकमा प्र.१- ०५-००१ प ५४९७ नमबर र बा.९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बा.९७ प ९४४ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्रदिप लामा र प्र.१ -०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका-३ पौराई बस्ने ३१ वर्षीय बुद्ध बहादुर बल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै बा.९७ प.९४४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै डडेल्धुराको अमरगढी नगरपालिका-२ आईतबजारस्थित सडकमा सु.प.प्र.०४-००१ च १८८ नम्बरको जिप सडकको नालामा पल्टिई बुधबार साँझ दुर्घटना हुँदा जिपमा सवार अमरगढी नगरपालिका-८ बस्ने ४० वर्षीय दान बहादुर ओलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पताल भइरहेको छ भने अन्य १ जनालाई उपचारको लागि गेटा आँखा अस्पताल धनगढी कैलाली पठाइएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका-७ कान्छी बजारस्थित सडकमा ना.४ ख ४१५२ नम्बरको ट्याङ्करले लु.८६ प ८४०९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार