एचआइडिसिएलले घोषणा गर्यो लाभांश

18.4k Shares

काठमाडाैँ । हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ५.२६३ प्रतिशत हुन आउने एक अर्ब १९ करोड ८७ लाख २६ हजार दुई सय ८३ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि समेत गरि वितरण गर्ने भएको हो ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीले पुस २९ गते बस्ने गरि बार्हौं साधारणसभाको मिति तय गरेको छ ।

सम्बन्धित समाचार