चलचित्र ‘मेयर’मा मेयर बन्दै खगेन्द्र

19.3k Shares

काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित सिनेमा ‘मेयर’को मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने अनुबन्ध भएका छन् । उनले यो सिनेमामा मेयरको भूमिका निर्वाह गर्नेछन् । 

थापाको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो । चलचित्र ‘मेयर’लाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । 

निर्देशक खनालका अनुसार माघको दोस्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ । 

थापाको राजनीनिक यात्राका बारेमा सिनेमा बन्ने भए पनि यो पूर्ण बायोपिक भने नहुने निर्देशक खनाल बताउँछन् । उनले भने, “पूर्ण बायोपिक पनि हुने छै ।” 

भरत ताल थापा मेयर भएपछि बनेको ताल हो । यो कृत्रिम ताल अहिले मधेस प्रदेशको प्रमुख गन्तब्य मध्यको एक हो । थापाले पूर्वाधार विकासमा उदाहरणीय काम गरेको धेरैले बताउने गरेका छन् । तर उनी आफैँमा विवादित व्यक्ति पनि हुन् । 

सम्बन्धित समाचार