चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुग्यो

18.3k Shares

काठमाडौं– चीनको कान्सु प्रान्त केन्द्र भइ गएको भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ। सोमबार मध्यराति गएको ६.२ रेक्टर स्केलको भूकम्पबाट कान्सुसँगै छिमेकी छिङहाइ प्रान्तमा जनधनको क्षति भएको छ। 

भूकम्पबाट कान्सु प्रान्तमा ११३ जनाको मृत्यु भएको छ। छिङहाइमा १८ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। भूकम्पबाट २ वटै प्रान्तमा गरी ७०० जनाभन्दा बढी घाइते भएका छन्।

भूकम्पले कान्सुमा १ लाख ५५ हजार ३९३ घरमा क्षति पुगेको छ। चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ। 

मंगलबार बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ। मंगलबार कान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभुत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५०० राहत सामग्री पठाइएको छ। 

सम्बन्धित समाचार