विमानस्थलबाट सशस्त्रले बरामद गर्‍यो १४ सय थान मोबाइलका डिस्प्ले

16.8k Shares

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट बिलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीले बरामद गरेको छ।

सुपर काइनेटिक एसकेजी कुरियरले सोमबार साँझ साढे ५ बजे यति एअरको उडान नम्बर एनवाईटी४२४ मार्फत नेपालगन्जबाट काठमाडौं पठाएको मोबाइलको डिस्प्ले बरामद गरेको हो।

१२ वटा कार्टुनमा रहेको १४ सय थान बिभिन्न मोबाइलका डिस्प्लेहरु सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट विमानस्थलमा खटिएको टोलीको विशेष सूचनाको आधारमा बरामद गरिएको हो।

सम्बन्धित समाचार