२५ किलो चरेससहित दुई पक्राउ

17.4k Shares

काठमाडौं- २५ किलो चरेस सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले शनिबार काठमाडौंको बलम्‍बुबाट दुई जनालाई पक्राउ गरेको हो।

चरेस करोबार गरिरहेको बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए। 

नले भने, ‘सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।’

सम्बन्धित समाचार