सिरहा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा साह

16.7k Shares

काठमाडौं- सिरहा सुन चाँदी व्यवसायी संघ, गोलबजार सिरहाको चौथो अधिवेशनले सुन चाँदी व्यवसायी सन्तोष कुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

संघको गोलबजारमा सम्पन्न चौथो अधिवेशन तथा ११ औँ साधारण सभाले साहको अध्यक्षतामा दुई जना पछि कार्यसमितिले मनोनयन गर्ने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा देवकृष्ण साह, सचिव सपना कुमारी गोयन्का, कोषाध्यक्ष आनन्द यादव, सहसचिव शैलेन्द्र कुमार ठाकुर सहकोषाध्यक्ष गोपाल साह चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए ।

संघको सदस्यहरूमा विजय साह, अरुण शंकर साह, लक्ष्मी विश्वकर्मा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए ।  ।संघमा जिल्लाभरका एक सय ९० वटा संस्था सदस्य रहेको जनाएको छ । जसमध्ये २६ जना जिल्ला प्रतिनिधि छानिएका छन् । निवर्तमान अध्यक्ष विकास सारडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार