संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

16.6k Shares

काठमाडौँ – सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए।

उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गरे। सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भुमिका खेल्ने पनि बताए।सभामुख घिमिरेले सार्वजनिक संस्थामा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उनले संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताए।

उनले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मूल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताए। उनले संसद सेवाका कर्मचारीलाई जिम्मेवारपूर्वक काममा घट्न आग्रह पनि गरे।

सम्बन्धित समाचार