अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा १ जना पक्राउ

19.1k Shares

काठमाडौं– अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ घर भइ काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षीय रमेश न्यौपाने छन्। 

पीडित व्यक्तिको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यौपानेलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार न्यौपानेले मासिक ३ लाख रुपैयाँ आम्दानी हुने कामका लागि अमेरिका पठाइदिने भन्दै पीडितबाट पटक पटक पैसा उठाएको पाइएको छ। उनले ६४ लाख ४५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। 

अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले न्यौपानेलाई बिहीबार काठमाडौंको सिभिल अस्पताल नजिकबाट पक्राउ गरेको हो। पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार