अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित २ जना पक्राउ

19.8k Shares

काठमाडौं- पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले नयाँ पुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो ।साइकल चोरी र लागु औषध ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

सम्बन्धित समाचार