एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

16.1k Shares

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशनको मिति तय तथा अन्तर पार्टी निर्देशनको विवाद र राष्ट्रियसभाको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । तर महाधिवेशनको मितिमा अनिर्णीत भएपछि बैठक आजका लागि पनि बोलाइएको हो ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझै टुंगो लागेको छैन । आजको बैठकले यसबारे टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सम्बन्धित समाचार