थापाको सहयोगमा कलाकारद्वय लामा र श्रेष्ठद्वारा दैनिक ज्यालामजदुरी गर्नेलाई राहत वितरण

16.9k Shares

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले नेपाललाई भयावह अवस्था सिर्जना गरिसकेको छ । 
लाखौं जनता संक्रमित बनिसकेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढ्दै गइरहेको छ । 
यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै सिन्धुली निवासी कलाकार तथा खेलाडी दिपक लामा र काठमाडौं निवासी मोडल तथा कलाकार रिया श्रेष्ठले लकडाउनको अवस्थामा आफ्नो ज्यानको बाजी राखेर राजधानीमा दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्नेलाई खाद्यान्न सामाग्री तथा कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै सडकमा अहोरात्र खट्ने सुरक्षाकर्मीलाई माक्स, सेनिटाइजरलगायतका सामाग्रीहरु वितरण गर्दै आइरहेका छन् । 
त्यसैगरी, लाकडाउनको अवस्थामा समाचार संकलन गर्ने पत्रकारहरुलाई पनि राहत तथा स्वास्थ्य सामाग्रीहरु लामाले वितरण गर्दै आइरहेका छन् । 
त्यस्तै, पशुपतिक्षेत्रमा रहेका गाई बस्तु, कुकुर, बाँदरलगायतका जनावर तथा पंक्षीहरुलाई दैनिक खानेकुराहरु मोडल तथा कलाकार रिया श्रेष्ठले खुवाउँदै आइरहेको खोजतलाससँग बताएकी छिन् ।
यो राहत वितरणको लागि बालाजु निवासी युवा व्यवसायी धर्मराज थापाको सहयोग र साथ रहेको छ । लामाले यो अभियान कोरोना भाइरस नियन्त्रणमा नआएसम्म निरन्तर चलाउने जनरक्षाडटकमलाई जानकारी गराएका छन् । 

सम्बन्धित समाचार