काठमाडाैँ । युक्रेनले शनिबार आफ्नो विद्युत् ग्रिडलाई जापोरिजिया आणविक केन्द्रसँग जोड्ने दुईवटा विद्युत् लाइन रातारात काटिएको र उक्त प्लान्ट ‘दुर्घटना’ को जोखिममा परेको जनाएको छ ।
गत वर्ष रूसी सेनाले कब्जा गरेदेखि नै यो प्लान्ट युद्धको केन्द्रमा रहँदै आएको छ र दुवै पक्षले एकअर्कालाई आफ्नो सुरक्षामा सम्झौता गरेको आरोप लगाउँदै आएका छन् ।
युक्रेनको आणविक ऊर्जा सञ्चालक निकायले एक विज्ञप्तिमा भनेको छ, “पूर्ण विद्युत कटौतीका कारण आणविक ऊर्जा संयन्त्रले २० वटा डिजेल जेनेरेटरबाट आफ्नो आवश्यकतापूरा गर्न थालेको छ ।
युक्रेनी विशेषज्ञहरूले तुरुन्तै अफ–साइट पावर पुनः स्थापना गर्न सक्षम हुनुअघि नै यो प्लान्ट ‘आणविक र विकिरण दुर्घटनाको सङ्घारमा’ रहेको बताइएको छ । एएफपीले युक्रेनको घटनाको विवरण तत्काल पुष्टि गर्न सकेको छैन ।
प्लान्टको रूसद्वारा परिचालित अपरेटरले प्लान्टले रातभर डिजेल जेनेरेटरको सहारा लिएको र यसले सुरक्षित सीमाभित्र सञ्चालन गरेको थियो र कुनै सुरक्षा उल्लङ्घनको रिपोर्ट गरिएको थिएन ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार गत वर्ष द्वन्द्व सुरु भएयता यो आठौं पटक हो जब प्लान्ट बाह्य ऊर्जाबाट काटिएको छ ।