डिशहोम मेगास्टारको घोषणा हुँदै, विजेताले १० लाख पाउने

17.6k Shares

काठमाडौं । ‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ मंसिर ११ गते घोषणा गरिने भएको छ ।

लक्की ड्रमार्फत डिशहोम मेगास्टारको छनोट गरिने कम्पनीले जनाएको छ ।

असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरूलाई यस योजनामा सहभागी गराइने डिशहोमले जनाएको छ ।

यस अभियानका बम्पर विजयी ग्राहकमध्ये सिजनकै मेगास्टार बन्नेले १० लाख रुपैयाँ, मिडियामा फेमस र सेलिब्रेटीझै जीवनशैलीको अनुभव गर्ने मौका पाउने डिशहोमले जनाएको छ ।

यस अघि डिशहोमले हरेक हप्ता सुपरस्टार बन्नेलाई नगद एक लाख जित्ने ९ भाग्यशाली ग्राहकहरूको घोषणा गरिसकिएको छ ।

सम्बन्धित समाचार