19.4k
Shares
काठमाडौँ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितलाई प्राइम कमर्सियल बैंकले सहयोग गरेको छ । बैंकले चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल मन्डी २५ बोरा (५०० थान) सहयोग स्वरुप जाजरकोटको छेडागाड नगरपालिकालाई बुझाएको हो ।
बैंकले यस अघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पच्चीस लाख एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय पनि गरिसकेको छ ।