तुइनबाट कर्णाली नदीमा खसेर बेपत्ता भएका पुरुष मृत फेला

15.4k Shares

काठमाडौँ । हुम्लामा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक जना मृत अवस्था फेला परेका छन् । सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित  कर्णाली नदीमा  सोही ठाउँस्थित ३८ वर्षीय मकर सिंह नेपाली सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

कर्णाली करिडोरमा काम सकी कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्केदेउबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको जनाएको छ । 

 

सम्बन्धित समाचार