15.7k
Shares
हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अंगरक्षक प्रहरी सहायक निरीक्षक सुवेदी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।