राजश्व दाखिला नगर्ने दश जनाविरुद्ध मुद्दा दायर, ११ करोड बिगो माग

22.2k Shares

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगर्ने विभिन्न १० जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उक्त प्रकरणमा संलग्न भएको अभियोगमा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित आज आरोपपत्र दायर गरेको हो।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकै रजिष्ट्रेशन नम्बर राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरुलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

आयोगले उनीहरूसँग ११ करोड १० लाख ३९ हजार रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना असुल गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो । 

सम्बन्धित समाचार