19.4k
Shares
काठमाडौँ । ललितपुरको जावलखेलमा आयोजित गोदावरी फूल मेलामा ४५ हजार जनाले अवलोकन गरेको छन् । कार्तिक १४ गते देखि आयोजित सो मेलामा एक करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
कार्तिक १४ गते देखि आयोजित सो मेला ५ दिनका लागि मात्रै भनिए पनि जाजरकोटको भूकम्प पीडितलाई राहत प्रदान गर्न एक दिन थप गरिएको थियो । मेलामा फूल सम्बन्धी बिउ, मल, विषादी, गमला, उपकरण लगायत वस्तु ५० रुपैयाँदेखि २० हजारसम्मका सामाग्रीहरू उपलब्ध थिए ।