आइसीसी टि-२०ः नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँ

15.7k Shares

काठमाडौं, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । 

त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।

छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् । 

नेपालले  संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् । 

 

सम्बन्धित समाचार