दक्षिण कोरियाका कृषिमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई

17.6k Shares

काठमाडौं, १६ कात्तिक । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका कृषि, खाना तथा ग्रामीण मामिला मन्त्री चुङ हाङ केउनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत केउनबीच भेटवार्ता भएको हो ।

सो क्रममा राष्ट्रपति पौडेलले कोरियाबाट नेपालको विकासका लागि भएको सहयोगप्रति धन्यवाद दिए । नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको भन्दै उनले कोइकामार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गरेका हुन् ।

 

सम्बन्धित समाचार