काभ्रे सवारी दुर्घटना, २ जनाको मृत्यु

17.8k Shares

काभ्रे । काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा  २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनएको छ ।

मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको छन्  । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना रहेकी छिन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार