आइसिसी टि–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

17.1k Shares

काठमाडौं, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ । आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । 

सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
 

सम्बन्धित समाचार