सरकारले राम्रो लगानी गर्ने हो भने तेक्वान्दोले विश्वसामु नेपाललाई चिनाउ“छ ः प्रजापति

16.7k Shares

अर्जेन्टिना, ब्राजिललगायतको मुलुकलाई विश्वले फुटबल खेलको माध्यमले चिन्ने गरिन्छ । नेपालको नाम विश्वसामु चिनाउन तेक्वान्दो खेलले चिन्न सक्ने सम्भावना बोकेको प्रशिक्षक राजेश प्रजापति बताउँछन्  । तेक्वान्दो खेललाई राज्यले राम्रो लगानी गरी करिब पाँच वर्ष पछिको विश्वस्तरीय तेक्वान्दो प्रतियोगितालाई मध्यनजर गरेर लगानी गर्ने हो भने नेपालको नाम तेक्वान्दो खेलाडीले विश्वसामु चिनाउन कुनै कठिनाई नभएको प्रशिक्षक प्रजापति बताउँछन् । 
तेक्वान्दो खेलाडीलाई खेल्ने वातावरण, प्रक्षिण लिने वातावरण, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराउने वातावरण, खेलाडीलाई दैनिक जिवन यापन र खेलाडीको भविष्य सुनिश्चित गरिदिने हो भने नेपालले ओलम्पिक प्रतियोगितालगायत अन्य विश्वस्तरीय प्रतियोगिताहरुमा पदक ल्याउन कुनै कठिनाई नभएको प्रशिक्षक प्रजापतिको भनाई रहेको छ ।
तेक्वान्दोका छैठौं डानका रुपमा रहेका प्रशिक्षक राजेश प्रजापतिले मार्शलआर्टका रुपमा २०४० सालमा गुरु ईश्वरमान बज्राचार्यसँग काठमाडौंको जैसीदेवलबाट पाटनसम्म आई प्रशिक्षण लिने गर्थे । पछि गुरु बज्राचार्यसँगै त्यतिबेलै रंगशालाबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए ।  
खेलाडीको रुपमा २०४२ सालमा तेस्रो बृहत राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । २०४४ सालमा ब्ल्याकबेल्ट लिएपछि प्रशिक्षक र रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेका छन् । सोही क्रममा २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत हालसम्म प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहेको र त्यहीबाट आएको पारिश्रमिकले आफ्नो जीवनयापन चलाउँदै आइरहेको प्रजापति बताउँछन् । 
प्रशिक्षकको रुपमा अधिकांश सयम भक्तपुरमा विताएका प्रजापतिले काठमाडौंमा दुई वर्ष र लमजुङमा ६ महिना तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिएका थिए । प्रजापतिद्वारा प्रशिक्षित भक्तपुरबाट धेरै राष्ट्रिय स्तरका खेलाडीहरु उत्पान्दन भएका छन् । प्रजापतिको प्रशिक्षणबाट उत्पादित खेलाडीहरु कोरियाको मुजुङमा भएको कोरियन एम्बेस्टर विश्वकप प्रतियोगितामा सहभागिता जनाई दुईवटा रजत पदक र एउटा कास्यपदक ल्याउन सफल बनेका थिए । त्यतिबेला कोचको रुपमा प्रजापतिले महत्वपूर्ण भूमिका खेलेका थिए । प्रजापति अन्तर्राष्ट्रिय रेफ्री, अन्तर्राष्ट्रिय प्रशिक्षक, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको पूर्व महासचिव, हाल बागमती प्रदेशको प्राविधिक संयोजक तथा जैसीदेव युथ क्लवको अध्यक्षसमेत रहेका छन् । 
राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दोका खेलाडी, प्रशिक्षक र कोचलाई खासै लगानी नगरेको कारणले पनि अन्तर्राष्ट्रियस्तरको ठूलो प्रतियोगिताहरुमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक प्रजापति बताउँछन् । तेक्वान्दो खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मेडल ल्याउन नेपाली खेलाडीलाई खासै गाह्रो छैन । तर, खेलाडी र प्रशिक्षकलाई झारो टार्ने हिसावले मात्र लगानी गर्ने गरेको र राज्यले कम्तिमा पनि पाँच वर्षपछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरेर खेलाडी र प्रशिक्षकलाई सोही अनुसार लगानी गर्ने हो भने पदक ल्याउन कुनै कठिनाई नपर्ने प्रजापति खोजतलाससँग दुखेसो पोख्छन् । राज्यले राम्रो खेल्ने खेलाडी र प्रशिक्षकलाई पहिचान गरी राम्रो लगानी गरेको खण्डमा तेक्वान्दो खेलले अन्तर्राष्ट्रियस्तरको पदक ल्याउनेमा ढुक्क छन् । नेपालमा एक वर्ष अगाडि आयोजित साग गेममा सहभागिता जनाएको तेक्वान्दोका खेलाडीहरुले छोटो समयको प्रशिक्षणको बाबजुद पनि सबैभन्दा बढी पदक ल्याएर पुष्टिसमेत गरिसकेका छन् । 
खेलकुद क्षेत्रलाई हेर्ने राखेपले कुन खेलले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सक्ने सम्भावना बोकेको छ त्यसलाई महत्व दिई अन्य खेललाई जस्तै एउटै टोकरीमा राख्न नहुने प्रजापति बताउँछन् । डब्लुटीएले मान्यता दिएको जी वान, जी टु र जी फोरको ¥याङकिङअनुसार खेलाडीहरुलाई कम्तीमा वर्षको ३—४ पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराएको खण्डमा खेलाडीको ¥याङकिङ बढ्नुका साथै खेलाडीले अनुभव पनि बटुल्ने भएकोले यसतर्फ राज्यले तत्कालै लगानी गर्नुपर्ने देखिन्छ । 
तर, पछिल्लो समय राज्यले गर्नुपर्ने काम नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले गर्दै आइरहेको प्रशिक्षक प्रजापति बताउँछन् । प्रशिक्षक प्रजापति भन्छन्, तेक्वान्दो खेलको विकासका लागि आफूलै सक्दो सहयोग र साथ दिने प्रतिबद्धता जनाएका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले  काठमाडौं उपत्यकाभित्रका प्रायः सबै डोजाङका खेलाडीहरुलाई तेक्वान्दो खेल्न चाहिने सम्पूर्ण सामाग्रीहरु उपलब्ध गराउँदै खेलाडीहरुलाई खेल्न उत्साहित बनाउँदै आइरहनु भएको छ । महर्जनले खेलाडीहरुको मनोबल बढाउनका लागि विभिन्न डोजाङहरुमा आयोजित तेक्वान्दो प्रतियोगिताहरुमा आर्थिक सहयोग गर्दै आइरहेको र यस्तै सहयोगी हातले गर्दा पछिल्लो समय तेक्वान्दो खेल्ने खेलाडी तथा प्रशिक्षकको मनोबल बढ्ने काम भइरहेको प्रजापति खुलेरै महर्जनले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार