18.3k
Shares
रौतहट । बागमती नदीमा आइतबार दिउँसो नुहाउने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजदेवी ९ का वीरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेको प्रहरीले जनाएको छ।
स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचार पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।