18k
Shares
उदयपुर । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घरायसी विवादका कारण ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।