बार्सिलोनालाई कोपा डेल’रे को उपाधि 

17k Shares

काठमाडौं । बार्सिलोनाले स्पेनिस कोपा डेल’रेको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले ४–० गोल अन्तरले हराएको हो । 
एथ्लेटिक क्लबको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई उपाधि दिलाउन कप्तान लियोनल मेस्सीले एक गोल गरे । 
त्यस्तै एन्टोली ग्रिजम्यान र डी योङले एक–एक गोल गरे । खेलको ६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाए । 
६३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६८ औं मिनेटमा मेस्सीले गोल गर्दा बार्सिलोनाले ३–० गोलको अग्रता बनायो । 
७२ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दृै टिमलाई ४–० गोलको जित दिलाए ।  योसँगै बार्सिलोनाले कोपा डेल’को उपाधि ३१ औं पटक उचालेको छ । 

सम्बन्धित समाचार