जनकपुरधाम । धनुषाको धनौजीबाट अहिले व्यापक तस्करी भैरहेको छ । तस्करहरूसंग सशस्त्रका बिओपीका निरीक्षक आंफै डिलिङ गर्ने गरेको समेत खुलेको छ । धनौजीबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करीको लाइन पाउने तस्करहरूमा समतुल्ला, धर्बेन्द्र, नरेश , बरतुल्ला , मुख्य छन् ।उनीहरूलाई कपडाको तस्करीको लाइन दिइएको छ । यसबाहेक अलाउद्दीन, अयुब , रत्ना र कासिमले गोरूको तस्करीको लाइन पाएका छन् । गाई गोरूको तस्करी धनौजीको इटर्वा नाकाबाट हुने गरेको छ । यो नाकाबाट हुने तस्करीको धन्दा गर्ने तस्करसंग रकम उठाउने काम घुमुवा सन्तोष साहले गर्दै आएका थिए । तर उनको केही दिन अघि सरूवा भए पछि अहिले तस्करहरूसंग सशस्त्रका निरीक्षक आंफै भेट्ने गर्दछन। उक्त धनौजी बिओपीमा रवीन्द्र प्रसाद भट्ट सशस्त्र प्रहरी निरीक्षक छन् ।