छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

19k Shares

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

सम्बन्धित समाचार