इजरायलमा हमला गर्ने हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

18.5k Shares

तेल अबीब ,इजरायलले आफनो भुमीमा आक्रामण गर्ने हमासका मुख्य कमाण्डरलाई मारेको दावी गरेको छ । 

 

इजरायलको रक्षा बल (आईडीएफ) ले इजरायलमा अक्टोबर ७ मा भएको हमलाको नेतृत्व गर्ने हमास कमाण्डर अली कादीलाई मारेको जनाएको हो ।


इजरायली सेनाले भने कि देशको सुरक्षा एजेन्सी शिन बेटको गुप्तचर निर्देशनमा एक विमानले शनिबार कादीलाई मारेको थियो। कादीलाई इजरायलीहरूको अपहरण र हत्या गरेको आरोपमा सन् २००५ मा पनि पक्राउ गरिएको थियो ।

 

इजरायली सेनाका अनुसार पछि उनलाई हमासको बन्दी बनाएको आइडीएफ सिपाही गिलाड शालितको सट्टामा रिहा गरिएको थियो, जसले गत शनिवार इजरायल माथी हमला गर्ने मुख्य नेतृत्वदायी भुमिका खेलेका थिए । 


यसबारेमा हमासले अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

सम्बन्धित समाचार