गौरिफन्टा नाकाबाट भित्रिएका १६६ जनामा कोरोना पुस्टि

16.5k Shares

कैलाली । पछिल्लो ४ दिनमा भारतबाट गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका मध्ये १६६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
शनिबारदेखि मंगलबारसम्म ३ दिनमा भारतका विभिन्न शहरबाट १ हजार ८ सय व्यक्तिको ‘एन्टिजेन’ विधिबाट कोरोना परिक्षण गर्दा १६६ जनामा संक्रमण पुस्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई धनगढीस्थित बेलीमा निर्माण गरिएको आइसोलेशनमा पठाइने गरिएपनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सोझै घर गइरहेका छन् ।
त्यसरी सर्तकता नअपनाइनाले दोस्रो चरणको कोरोना भित्रिने प्रवल सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिन थालिएको छ ।

सम्बन्धित समाचार