बलात्कार आराेपमा एकजना पक्राउ

17.1k Shares

ललितपुर, २५ असाेज । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ । 

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

 

 

सम्बन्धित समाचार