इजरायलबाट स्वदेश फर्किनका लागि नेपाली राजदूतावासमा २०० जनाकाे आवेदन

17.1k Shares

काठमाडौँ । इजरायलबाट स्वदेश नेपाल फर्किनका लागि २ सय जना नेपालीले नेपाली राजदूतावासमामा आवेदन भरेका छन्। इजरायलबाट नेपाल फर्किनेका लागि  हिमालयन र  नेपाल एयरलाइन्सकाे जहाज तयारी अवस्थामा रहेकाे छ । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै  परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले  स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सकाे जहाज  तयारी अवस्थामा राखेको बताएका  छन्।

उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको र नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि  साउदले जानकारी गराए । 

सम्बन्धित समाचार