ललितपुर । निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा अनुभवी र लामो समय निर्माण कार्यको अनुभव बटुलिसकेका पञ्चराम महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष महर्जन ‘क’ श्रेणीका निर्माण ब्यबसायी हुन् । सर्वसम्मत निर्वाचित अध्यक्ष महर्जनलाई बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर क्षेत्र नं. १ नेका कोषाध्यक्ष दिपक घिमिरे ‘समीर’, पत्रकार रमेश घिमिरेलगायतले महालक्ष्मीस्थित डोजोमा खादा ओडाई बधाई तथा शुभकामना दिएका थिए । सर्वसम्मत अध्यक्षमा निर्वाचित महर्जन बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जन निकट मानिन्छन् ।

ललितपुर पार्टी प्यालेशमा भएको संघको १४ औं साधारणसभा तथा सातौं अधिवेशन शुक्रबार र शनिबार भएको थियो । सो साधारण सभाले महर्जनसहित १९ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहन कृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिहर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्याम कुमार गिरी सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै, कार्य समिति जनजाति सदस्यमा कृष्ण कुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुष्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगत बहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्र कुमार लामा सर्वसम्मत भएका हुन् ।
संघको निर्वाचन अधिकृत विदुर बहादुर घिमिरेका अनुसार पदाधिकारीमा ८ र सदस्यमा ११ जना गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबी विरोध नपरेको हुँदा उनीहरु सर्वसम्मत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी गराएका छन् ।